नेभिगेशन
विश्व

बार निर्वाचन अपडेट : मिश्र दोब्बर मतले अगाडि, हालसम्म कसको मत कति ?

काठमाडौं- नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत गणना जारी छ। पछिल्लो मत परिणाम सत्ता समीकरण निकटका उम्मेदवार विजयप्रसाद मिश्रले १,६७६ मत प्राप्त गरेका छन्।

हालसम्मको विवरणअनुसार मिश्रले १,६७६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी रमणकुमार श्रेष्ठले ८५६ मत प्राप्त गरेका छन् । यस्तै अध्यक्षका अन्य उम्मेदवार राजु कैतीले ७, आशिष पौडेलले ११ र उज्वल घिमिरेले ४ मत पाएका छन्। यस्तै, उपाध्यक्षमा पदमप्रसाद लिम्बूले १,७९२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कर्णबहादुर राईले ६८८ मत ल्याएका छन्।

अर्को उपाध्यक्षमा अजय शंकर झाले १,८०२ मत पाएका छन् भने प्रमोद प्रसादले ६६२ मत पाएका छन्। २७औं केन्द्रीय कार्यसमितिको २५ सदस्यका लागि ५७ जना चुनावी मैदानमा छन् । कार्यसमिति चयन गर्न ९,९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो। बारको नयाँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो। काठमाडौं र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो।

हेर्नुस् हालसम्मको मतपरिणाम

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप विश्व