नेभिगेशन
राजनीति

पूर्व सर्त राखेर मात्रै वार्तामा सहभागी हुने महासंघको अडान

काठमाडौ - नेपाल शिक्षक महासंघले सरकारले बोलाएको बैठकमा पुर्व सर्त राखेपछि मात्रै सहभागी हुने निर्णय गरेको छ । 

‘सरकारले बोलाउँदैमा हामी वार्तामा जाँदैनौं, सरकारले वार्तामा आऊ हामी यसो गर्छौं भनेर पहिले नै भन्नुपर्छ, हामीसँग सर्त राख्नुपर्छ, ससर्त मात्रै वार्तामा बस्छौं,’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘अन्यथा सरकारको वार्तामा सहभागी हुँदैनौं ।’

मंगलबार साझ बसेको महासंघको बैठकले पहिले सरकारले बैठकमा छलफल गरिने र निर्णय गरिने विषयवस्तु प्रस्तुत गरेपछि मात्रै वार्तामा सहभागी हुने निर्णय गरेको हो । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति

रास्वपा बैठक जारी