नेभिगेशन
खेलकुद

कोलकोतामाथि लखनउको ४ रनको रोमाञ्चक जित

काठमाडौँ - लखनउ सुपर जाइन्टले कोलकोता नाइट राइडर्सलाई परजित गरेको छ । जारी आइपिएल अन्तर्गत मंगलबार सम्पन्न खेलमा लखनउले कोलकोतालाई ४ रनले पराजित गरेको हो ।

लखनउले दिएको २३९ रनको लक्ष्य पछाएको कोलकोताले २० ओभरमा ७ विकेट गुमाउदै २३४ रन बनाएको थियो ।

कोलकोताका लागि कप्तान अजिख्य रहानेले सर्बाधिक ६१ रन बनाएका थिए भने वेंकटेश अय्यरले ४५, रिंकु सिंहले ३८, सुनिल नारानले ३० रन बनाएका थिए ।

त्यस्तै लखनउका बलर आकाश दीप र श्रदुल ठाकुरले २-२३ विकेट लिए भने आभेश खान, दिग्भेश राठी र रवि विश्नोईले एक एक विकेट लिएका थिए ।

यसअघि जारी आइपिएल अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ३ विकेट गुमादै २३८ रन बनाएको थियो ।

लखनउका लागि निकोलस पुरनले सर्बाधिक ८७ रन बनाए भने मिचेल मार्शले ८१ रन बनाएका थिए । त्यस्तै एडेन मार्क्रमले ४७ रन बनाएका थिए ।  त्यस्तै कोलकोताका बलर हर्षित रानाले २ विकेट लिएका थिए भने आन्द्रे रसेलले एक विकेट लिएका थिए ।

यो लखनउको ५ खेलमा तेस्रो जित हो । त्यस्तै कोलकोताले भने ५ खेलमा तेस्रो हार बेहोरेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद