नेभिगेशन
खेलकुद

यू-१९ विश्वकपको एसिया छनोट खेल्ने नेपाली टिमको घोषणा

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोट खेल्ने टिमको घोषणा गरेको छ । क्यानले सोमबार नरेन भट्टको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो ।

यू-१९ नेपाली टिममा नरेन भट्ट (कप्तान), अभिषेक तिवारी (उप-कप्तान), निरजकुमार यादव, साहिल पटेल, सिव्रिन श्रेष्ठ, रोशन कुमार विश्वकर्मा, दर्श सोनार, दिलसाद अली, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अप्राजित पौडेल, युवराज खत्री र विपिन कुमार शर्मा रहेका छन् । 

नेपालले नै आयोजना गर्ने एशिया छनौट अप्रिल १३ खि २१ सम्म काठमाडौँमा हुदै छ । एसिया छनोटमा आयोजक नेपालसहित पाँच टोलीले भाग लिँदैछन्। जसमा नेपाल, अफगानिस्तान, युएई, हङकङ र ओमान रहेका छन् । नेपाल, अफगानिस्तान र युएईले सिधा छनोट खेल्दै छन् भने हङकङ र ओमानले प्लेअफ छनोट खेल्दै आएका हुन् ।

नेपालले अप्रिल १३ मा युएईसँग खेल्दै छ भने अप्रिल १४ मा ओमानसँग, अप्रिल १६ मा हङकङसँग र अप्रिल १९ मा अफगानिस्तानसँग खेल्दै छ ।      

एशिया छनोटको विजेताले सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट हुनेछ ।

नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो भने नेपालले अहिलेसम्म आठ पटक युवा विश्वकप खेलिसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद