नेभिगेशन
खेलकुद

कतारले नेपाललाई दियो १५२ रनको लक्ष्य

काठमाडौं - कतारले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ ।

हङकङमा आजदेखि शुरु भएको चार देशीय टी-२० सिरिजको पहिलो खेलमा कतारले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै १५१ रन बनाएको हो ।

कतारका अलागी कप्तान इक्रामुल्लाह खानले सर्बाधिक ५४ रन बनाएका थिए भने शाहजैब जमिलले ३१, मुजीब उर रेहमानले २० रन र मोहमद इर्शादले १८ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर करण केसी, सोमपाल कामी, नन्दन यादव, गुलशन झा र ललित राजबंशीले एक एक विकेट लिएका थिए ।
    

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद