नेभिगेशन
विश्व

अमेरिका–चीन आमने–सामने : ट्रम्पले १०४ प्रतिशत पुर्‍याए कर

काठमाडौँ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप ५० प्रतिशत कर लगाएका छन् । योसँगै अब चीनमाथिको कुल भन्सार १०४ प्रतिशत पुगेको छ । यसको अर्थ अब अमेरिका आउने चिनियाँ सामानहरूमा १०४ प्रतिशत आयात शुल्क लाग्नेछ ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'चीनले अमेरिकाविरुद्ध बदला लिने घोषणा गरेपछि यो कदम चालिएको हो ।'

आफ्नो दोस्रो कार्यकालको सुरुमा, ट्रम्पले चीनमा २० प्रतिशत कर लगाएका थिए ।

यसपछि, जब ट्रम्पले सम्पूर्ण विश्वमा कर लगाउने घोषणा गरे, जस अन्तर्गत चीनमा थप ३४ प्रतिशत कर लगाइयो । अब  फेरी ५० प्रतिशत भन्सार महसुल पछि, कुल आयात महसुल १०४ प्रतिशत पुगेको हो ।

ट्रम्पले यस अघि सोमबार नै चीनले अमेरिकी सामानमा आयात शुल्क लगाउने निर्णय फिर्ता नलिएमा उसले चीनमाथि थप ५० प्रतिशत कर लगाउने बताएका थिए ।

ट्रम्पको भनाइको जवाफमा, चीनको वाणिज्य मन्त्रालयले अमेरिकी 'ब्ल्याकमेल' स्वीकार नगर्ने र यसको विरुद्ध अन्त्यसम्म लड्ने बताएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व