नेभिगेशन
खेलकुद

हङकङमा जारी चार देशीय टी-२० सिरिजमा नेपालको विजयी शुरुवात

काठमाडौं - नेपालले हङकङमा आजदेखि शुरु भएको चार देशीय टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो ।

कतारले दिएको १५२ रनको लक्ष्य पछाएको नेपालले १७ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि कुशल भुर्तेलले ३८, कप्तान रोहित पौडेलले ३७. आसिफ सेखले ३३ र बसिर अहमदले ३० रन बनाएका थिए । त्यस्तै कतारका बलर मुजीर उर् रेहमानले २ विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरको कतारले २० ओभरमा ५ विकेट गुमाउदै १५१ रन बनाएको थियो ।

कतारका अलागी कप्तान इक्रामुल्लाह खानले सर्बाधिक ५४ रन बनाएका थिए भने शाहजैब जमिलले ३१, मुजीब उर रेहमानले २० रन र मोहमद इर्शादले १८ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर करण केसी, सोमपाल कामी, नन्दन यादव, गुलशन झा र ललित राजबंशीले एक एक विकेट लिएका थिए । नेपालले अब दोस्रो खेल भोली कुवेतसँग खेल्ने छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद