नेभिगेशन
समाज विविध

 अछाम आगलागी अपडेट : २७ घर नष्ट, सात करोड बढीको क्षति

अछाम– अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको  आगलागीमा २७ घर जलेर नष्ट भएका छन् ।

आगोबाट सात करोड भन्दा बढीको धनमाल क्षति भएको अनुमान गरिएको अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रको सिलिण्डर विस्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो । जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए ।

आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध

रविविरुद्धको पेसी स्थगित