नेभिगेशन
विश्व

युनुसले विदेशी रकम प्रयोग गरेर सत्ता प्राप्त गरे, उनीसँग जनादेश छैन- शेख हसिना

काठमाडौँ - बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्नो पार्टी अवामी लिगका कार्यकर्ता र समर्थकहरूलाई अनलाइन सम्बोधन गरेकी छिन् ।

यस क्रममा उनले बंगलादेशमा अवामी लिगमाथि प्रतिबन्ध लगाउने मागको विरोध गरेकी छन् । हाल भारतमा रहेकी हसिना गत वर्ष बंगलादेशमा भएको हिंसात्मक विद्यार्थी आन्दोलनपछि देश छोडेकी थिइन् । त्यसबेलादेखि बंगलादेशले उनको सुपुर्दगीको माग गर्दै आएको छ ।

यसअघि पनि शेख हसिनाले अनलाइन माध्यमबाट आफ्ना पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै आएकी छिन् । शेख हसिनाले आफ्नो सम्बोधनमा बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसलाई पनि निशाना बनाएकी थिइन् ।

उनले मोहम्मद युनुससँग देश चलाउने कुनै संवैधानिक आधार वा जनादेश नरहेको बताउदै युनुसले विदेशी कोष प्रयोग गरेर 'सुव्यवस्थित योजना' मार्फत सत्ता प्राप्त गरेको आरोप लगाइन्।

हसिनाले बंगलादेशमा अवामी लिगमाथि प्रतिबन्ध लगाउन माग गर्नेहरूका बारेमा पनि बयान दिएकी छिन् । हसिनाले यस्ता माग गर्नेहरूको साहसले उनलाई अचम्मित पार्ने बताइन ।

शेख हसिनाले भनिन्, 'उनीहरूले यो सोच्नु हुँदैन कि म सबै कुरा छोडेर देश छोडेर गएँ । संविधान अनुसार, जनताको निर्वाचित प्रतिनिधि र संसद सदस्यहरूको छनोट गरिएको उम्मेदवारको रूपमा, म बंगलादेशको प्रधानमन्त्री हुँ । उनीहरूको शक्ति (मुहम्मद युनुसको अन्तरिम सरकार) को कुनै वैधता छैन ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप विश्व