नेभिगेशन
राजनीति

एकीकृत समाजवादीद्वारा आन्दोलनका कार्यक्रमको कार्यतालिका परिवर्तन

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) केन्द्रीय आन्दोलन संयोजन कमिटीले यसअघि तय गरेको आन्दोलनको कार्यक्रमको कार्यतालिका परिवर्तन गरेको छ।

विकसित राजनीतिक घटनाक्रमलाई दृष्टिगत गरेर कमिटीले ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने नाराका साथ चैत्र १ गते पत्रकार सम्मेलन गरेर पहिलो चरणको आन्दोलन घोषणा गरेको थियो।

महासचिव घनश्याम भुसालले पार्टी पङ्क्तिमा परिपत्र जारी गर्दै राजावादीहरूले पार्टी कार्यालयमा गरेको आगजनी र तोडफोड यसअघि घोषणा गरिएको कार्यतालिकामा केही संशोधन गरिएको बताएका छन्।

परिपत्रमा भनिएको छ, ‘आन्दोलनकै क्रममा हामीले पार्टीको वैचारिक तथा सांगठानिक विस्तार गर्दै अगाडि बढ्ने संकल्प गरिसकेका छौँ । यो एउटा लामो प्रक्रिया हो । सम्पूर्ण पार्टीलाई त्यसतर्फ अगाडि बढाउने क्रममा कतिपय नयाँ समस्याहरू आउनु र कतिपय अन्योलहरू देखा पर्नु स्वाभाविक हुन्छ । त्यस अवस्थामा हामीले हाम्रा कार्यक्रमलाई पुनर्संयोजन गर्दै अगाडि बढ्नु पर्ने हुन्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति