नेभिगेशन
पुँजी बजार

एकल अंकले बढ्यो शेयर बजार, कारोबार कति ?

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एकल अंकले बढेको छ । आज नेप्से ९.६६ अंकले बढेर २६७६.२८ विन्दुमा पुगेको छ । आज नेप्से ०.३६ प्रतिशतले बढ्दा कारोबार रकम भने घटेको छ । 

आज दिनभरमा ४ अर्ब ४८ करोड ४६ लाख १९ हजार रुपैयाँ बराबरको १ करोड ७३ हजार ८२२ कित्ता शेयर कारोबार भएको छ । 

आज बजार बन्द हुँदा १५४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९० वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

दिनभरमा ३१७ वटा कम्पनी कारोबारमा आउँदा ४५ हजार ९४ पटक शेयर किनबेच भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप पुँजी बजार

नेप्से परिसूचक २७ अंकले बढ्यो

५.५७ अंकले घट्यो सेयर बजार