नेभिगेशन
खेलकुद

छेलोलाई १०औँ राष्ट्रिय खेलकुदमा समावेश गर्न माग

गण्डकी- गण्डकी प्रदेशसभाको मङ्गलबारको बैठकमा गण्डकी प्रदेशमा परापूर्व कालदेखि प्रचलनमा रहँदै आएको मौलिक खेल छेलो (ठेलो)लाई आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गर्नुपर्ने आवाज उठेको छ ।

बैठकको आकस्मिक समयमा प्रदेशसभा सदस्य बेदबहादुर गुरुङले यसअघि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदर्शनी खेलका रुपमा समावेश भइसकेको छेलो खेललाई दौँ राष्ट्रिय खेलकुदमा समेट्नुपर्ने बताए ।

“गण्डकी प्रदेशको मौलिकता र पहिचानसँग जोडिएको यस खेललाई राष्ट्रिय÷अन्तरराष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गर्न प्रदेश सरकार र सम्बन्धित मन्त्रालयले पहल गरोस्”, उनले भने, “राष्ट्रिय खेलकुद परिषद् र सातवटै प्रदेश सरकारसँगको समन्वयमा यस खेललाई दशौँ राष्ट्रिय खेलकुदमा समावेश गर्न आवश्यक बजेटको प्रबन्ध र जनशक्ति उत्पादनमा पहल लिनु आवश्यक छ ।”

प्रदेशको मौलिक खेलका रुपमा छेलो खेलेको संरक्षण र पहिचानका लागि प्रदेश सरकारले यसअघि नै कार्यविधि बनाएका काम गरेको उल्लेख गर्दै प्रदेशसभा सदस्य गुरुङले आगामी आवको बजेट तथा कार्यक्रममा पनि त्यसलाई निरन्तरता दिन माग गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद