नेभिगेशन
समाज विविध

काउन्टिङ जारी रहँदा नै नेपाल बार अध्यक्षमा मिश्र बिजयी, रमण पराजित

काठमाडौं– नेपाल बार एशोशिएशनको निर्वाचनमा भएको मत गणना कायम रहँदा नै कांग्रेस–एमाले प्यानलका डा. बिजय मिश्र अध्यक्षमा निर्वाचित भएका छन्।

माओवादी र स्वतन्त्रका तर्फका उम्मेदवार रमण श्रेष्ठ पराजित भैसकेका छन्। 

अब गन्न बाँकी पुनरावेदन अदालत पाटनको करिब १ हजार ५५८ र ललितपुर जिल्लाको ५६० गरी २ हजार ११८ मत छ। तर मिश्र श्रेष्ठभन्दा २ हजार २८७ मत अन्तरले अगाडि छन्।

सबै मत श्रेष्ठले पाए पनि मिश्र बिजय हुनेछन्। 

नेपालका कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि चैत २० गते देशभर मतदान भएको थियो। मतगणना बार एसोसिएसनकै भवन भित्र भइरहेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध

रविविरुद्धको पेसी स्थगित