नेभिगेशन
राजनीति

कांग्रेस सभापति देउवाका पूर्वप्रमुख स्वकीय सचिव राजावादी आन्दोलनको मोर्चामा मिसिए

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पूर्वप्रमुख स्वकीय सचिव राजावादी आन्दोलनको मोर्चामा मिसिएका छन्।

कांग्रेस छाडेर नेपाली कांग्रेस (वीपी)का उपसभापति बनेका कर्ण मल्ल राजावादी आन्दोलनमा मिसिएका हुन्। 

राजसंस्था र हिन्दू राज्य पुर्नस्थापनका लागि डा. जगमान गुरुङको नेतृत्वमा गठित आन्दोलनमा उनले सहभागी हुने प्रतिवद्धता जनाएका छन्। 

समितिले बुधाबार काठमाडौँमा आयोजना गरेको प्रतिवद्धता व्यक्त गर्ने कार्यक्रममा सहभागी भएका मल्लले आन्दोलनमा सहभागी हुने प्रतिवद्धता जनाएका हुन्।

देउवाले राजावादी भएकै कारण आफूलाई पार्टीबाट निकालेको मल्लले स्वीकार गरेका छन्। 

बुधबार जगमान गुरुङको नेतृत्वमा बसेको राजावादी अभियानको बैठकबाट बाहिरिँदै मल्लले देशको वर्तमान अवस्थाबारे चिन्ता व्यक्त गरे।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

रेशमलाई छाड्न सर्वोच्चको पत्र