नेभिगेशन
समाज विविध

गृहमन्त्रीले भने- तीनकुने घटनाका घाइतेको उपचार खर्च सरकारले ब्यहोर्छ

काठमाडौं- गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते राजावादीको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा घाइते भएकाहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्  ।  

बुधबार घाइतेको उपचार भइरहेको विभिन्न अस्पतालमा पुगेर गृहमन्त्री लेखकले स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । सो क्रममा उनले घाइतेहरूको सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको जानकारी दिए  । 

कसैले व्यक्तिगत खर्चमा उपचार गरेको भए अस्पतालमार्फत सरकारले उपचारमा लागेको खर्च फिर्ता दिने उनले बताए । गृहमन्त्री लेखकले उक्त घटनामा घाइते भएकाहरूको उपचारको कुनै कमी हुन नदिने प्रतिबद्धता जनाए ।  

चैत्र १५ गते तीनकुने क्षेत्रमा भएको राजावादीको प्रदर्शनका क्रममा भएको घटनामा दुई जनाको मृत्यु भएको थियो भने प्रहरी र प्रदर्शकारीकासाथै सर्वसाधारणसमेत घाइते भएका थिए । सो क्रममा २ महिला र १८ पुरुष गरी २० जनालाई गोली लागेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध

रविविरुद्धको पेसी स्थगित