नेभिगेशन
समाज विविध

वार्तामा जान शिक्षक महासंघ तयार, रणनीति बनाउन छलफलमा

काठमाडौं - नेपाल शिक्षक महासंघ वार्तामा जान तयार भएको छ । सरकारले बोलाएको वार्तामा भोलि (बिहीबार) शिक्षक महासंघ जान लागेको हो ।

महासंघका एक पदाधिकारीका अनुसार वार्ता समिति बनाउने वा को-को जाने भन्ने लगायत विषयमा रणनीति बनाउन बैठक बसिरहेको छ ।

‘शिक्षक महासंघलाई सम्बोधन गरेर फेरि शिक्षा सचिवको एउटा पत्र आयो । अहिले वार्तामा कसरी सहभागी हुने, को-को जाने भनेर रणनीति बनाउन छलफल गरिरहेका छौं,’ ती पदाधिकारीले भने ।

आन्दोलन परिचालन समितिको संयोजक एवं महासंघ सहअध्यक्ष नानुमाया पराजुली महासंघ आन्तरिक छ्लफलमा रहेको बताउँछिन् । ‘हामी छलफलमा छौं,’ उनले भनिन् ।

शिक्षा मन्त्रालय स्रोतका अनुसार पनि शिक्षक महासंघले वार्तामा बस्ने बताएको छ ।

‘भोलि (बिहीबार) उहाँहरूले आउने भन्नु भएको छ,’ मन्त्रालयका एक अधिकारीले भने । शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघले २० चैतदेखि काठमाडौंमा आन्दोलन गर्दै आइरहेको छ ।

बुधबार शिक्षकहरूले शिक्षा ऐन जारी गर्न माग गर्दै हात उठाएर सरकारको सांकेतिक विरोध गरेका छन् ।

शिक्षकहरूले यसअघि दिउँसै बत्ती बालेर, कालो मास्क लगाएर, सिटी फुकेर प्रदर्शन गरेका थिए ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध

रविविरुद्धको पेसी स्थगित