नेभिगेशन
राजनीति

प्रसाईंको भिडियो : म भागेको होइन, ज्यान तलमाथि नहुने ग्यारेन्टी भए २४ घण्टामै सार्वजनिक हुन्छु

काठमाडौं- राजा फर्काउने अभियानमा लागेका विवादित पृष्ठभूमिका दुर्गा प्रसाईंले आफू कतै भागेर नगएकआो बताएका छन् ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा उनी र नवराज सुवेदी नेतृत्वमा भएको प्रदर्शनका क्रममा दुईजनाको ज्यान जाने गरी भएको घटनापछि फरार भएका उनले दुर्गा प्रसाईंले आफू नभागेको तर्क गरेका हुन् ।


बुधबार फेसबुकमा एउटा भिडियो सन्देश दिँदै पेरूका गोञ्जालोजलाई जस्तै हत्या गर्ने भएपछि आफू ‘जोगिएको’ तर्क गरेका छन् । ‘पेरूमा साइनिङपथको आन्दोलन गोञ्जालोजलाई मारेपछि तुहिएको थियो’, उनले भने, ‘मेरो पनि त्यही अवस्था बनाउन खोजिएको थियो । अब दुर्गा प्रसाईं रोकिँदैन, घर घरमा पुगिसकेको छ । म भागेको छैन, मेरो ज्यान तलमाथि हुने भएकाले मात्रै जोगिन बसेको हुँ । म नयाँ जोशका साथ आउँछु ।’

उनले आफू २४ घण्टाभित्र सार्वजनिक हुन तयार रहेको बताएका छन् । ‘म कहीँ भागेको छैन, भारततिर गएको होइन । म स्वागत नेपाल र टंक दुलालसहितका वकिल र मानवअधिकारवादीको रोहबरमा सार्वजनिक हुन तयार छु’, उनले भने, ‘यदि मेरो ज्यानको ग्यारेन्टी हुन्छ भने म २४ घण्टामा सार्वजनिक हुन्छु ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति