नेभिगेशन
मनोरञ्जन

यी हुन् २०८१ सालमा धेरै कमाउने १० नेपाली फिल्म (सूचीसहित)

काठमाडौं - ‘पूर्णबहादुरको सारंगी’ सर्वकालिन धेरै कमाउने नेपाली फिल्म बनेको छ । यो फिल्मले ४६ करोड ८० लाख रुपैयाँ ग्रस कमाउँदै इतिहास रचेको हो । यो फिल्मका १७ लाख टिकट बिक्री भएका छन् ।

सरकारको आधिकारिक बक्सअफिसमा यसबारे उल्लेख छ । यसवर्ष धेरै कमाउने शीर्ष १० फिल्मको सूचीको दोस्रो स्थानमा विराज भट्टको ‘१२ गाउँ’ छ । तेस्रोमा ‘छक्कापञ्जा ५’ चौंथोमा ‘बोक्सीको घर’ र पाँचौंमा ‘अञ्जिला’ छन् ।

‘लाज शरणम्’ शीर्ष १० को सूचीमा अटाएको छ । दयाहाङ राईका ३ फिल्म अन्जिला, घरज्वाइँ र मनसरा सूचीमा छन् । अनमोल केसीको ‘फर्की फर्की’ र प्रदीप खड्काको ‘पूजार सार्की’ टप-टेनमा छन् ।


४ करोड ३३ लाख रुपैयाँ कमाउँदै ‘ह्रस्व दीर्घ’ ११ औं स्थानमा छ । ‘लाज शरणम्’सँग नीता ढुंगाना स्टारर फिल्मको ब्यवसायिक अन्तर १ लाख रुपैयाँ मात्र छ । ४ करोड १९ लाख रुपैयाँसहित ‘गाउँ आएको बाटो’ १२ औं स्थानमा छ । ‘होस्टेल ३’को कमाइ ४ करोड ५ लाख रुपैयाँ ग्रस छ । यसवर्ष ४ फिल्ममात्र १० करोड क्लबमा छन् ।

हेर्नुहोस् सूची :

१) पूर्णबहादुरको सारंगी- ४६ करोड ८० लाख रुपैयाँ ग्रस

२) १२ गाउँ- १९ करोड ९२ लाख रुपैयाँ ग्रस

३) छक्कापञ्जा ५- १५ करोड २० लाख ग्रस

४) बोक्सीको घर- १० करोड २ लाख ग्रस

५) अञ्जिला- ७ करोड ५० लाख रुपैयाँ ग्रस

६) पूजार सार्की- ७ करोड ३७ लाख रुपैयाँ ग्रस

७) घरज्वाइँ- ५ करोड ९ लाख रुपैयाँ ग्रस

८) फर्की फर्की- ४ करोड ८४ लाख रुपैयाँ ग्रस

९) मनसरा- ४ करोड ७८ लाख रुपैयाँ ग्रस

१०) लाज शरणम्- ४ करोड ३४ लाख रुपैयाँ ग्रस

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय