नेभिगेशन
अर्थ विविध

एक महिनामा अहिलेसम्मकै धेरै रेमिट्यान्स, फागुनमा भित्रियो १ खर्ब ५१ अर्ब रुपैयाँ

काठमाडौं- चालु आर्थिक वर्षको फागुनमा महिनागत हिसाबले अहिलेसम्मकै धेरै रेमिट्यान्स भित्रिएको छ। 

फागुन महिनामा १ खर्ब ५१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ। जुन एकै महिनामा अहिलेसम्म भित्रिएको सबैभन्दा धेरै रेमिट्यान्स हो। 

माघ मसान्तसम्ममा ९ खर्ब रेमिट्यान्स भित्रिएकोमा फागुनसम्ममा १० खर्ब ५१ अर्ब रुपैयाँ भित्रिएको राष्ट्र बैंकले जनाएको छ। गत वर्षकै यसै अवधिको तुलनामा रेमिट्यान्स ९.४ प्रतिशतले बढेको छ।  

यसअघि एकै महिनामा अहिलेसम्मकै धेरै गएको असोज महिनामा १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। 

वार्षिकरुपमा अहिलेसम्मकै धेरै रेमिट्यान्स गत आर्थिक वर्ष २०८०/८१ मा १४ अर्ब ४५ अर्ब रुपैयाँ भित्रिएको थियो। यो वर्ष उक्त कीर्तिमान तोडिने सम्भावना बढेर गएको छ। 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृत लिनेको संख्या ३ लाख १७ हजार रहेको छ। जुन संख्या गत वर्षको यसै अवधिमा २ लाख १७ हजार रहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप अर्थ विविध