नेभिगेशन
खेलकुद

चारदेशीय टी–२० आई सिरिज : कुवेतविरुद्ध कुशल र आशिफको अर्धशतक

काठमाडौं - हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा कुवेतविरुद्ध नेपालका कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक पूरा गरेका छन् । ओपनर ब्याटर भुर्तेलले ३० बलमा अर्धशतक बनाएका हुन्। अर्धशतक बनाउने क्रममा उनले पाँच चौका र ४ छक्का प्रहार गरे।

उनलाई अर्का ओपनर आशिफ शेखले साथ दिइरहेका छन्। आसिफले ३४ बलमा अर्धशतक पूरा गरे । अर्धशतक पूरा गरे लगत्तै ५३ रन बनाएर आउट भए । १० ओभरको खेल सिकिँदा नेपाल बलियो स्थितिमा छ । १० ओभरसम्म नेपालले बिना कुनै विकेटको क्षतिमा ९० रन बनाएको छ।

नेपालले जितका लागि १८६ रनको लक्ष्य पाएको छ। कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८५ रन बनाएको थियो । कुवेतका लागि ओपनर क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए । मिट भवसरले २८ बलमा चौका र २ छक्का हानेर ३५ रन बनाए । बिलाल तहिरले ३२, रविजा सान्दरूवनले २६ र उसमान पटेलले १३ रन बनाए।

नेपालका लागि सोमपाल कामीले ३ र नन्दन यादवले २ विकेट लिए । यस्तै ललितनारायण राजवंशी र कुशल भुर्तेलले १–१ विकेट लिए। पहिलो खेलमा बुधवार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो। यस्तै, सिरिजको दोस्रो खेलमा बुधवार नै कुवेतले घरेलु टोली हङकङलाई चार विकेटले हराएको थियो। यस्तै, आज नै हङकङ र कतार प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद