नेभिगेशन
मनोरञ्जन

‘पूर्णबहादुरको सारङ्गी’का निर्माता पौडेलले खुलाए फिल्म चलाउनुको रहस्यः यस्तो रहेछ तरिका

काठमाडौं– सर्वकालिन ब्यापार गरेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता बिनोद पौडेलले व्यापार गराउनुको रहस्य खोलेका छन्। 

सेभेस सिज सिनेमाका सञ्चालक रहेका पौडेलले फिल्म चलाउनका लागि आफैंले २० देखि २५ लाखको टिकट काट्नुपर्ने अवस्था रहेको जनाएका हुन्। 

उनी भन्छन्,‘ इन्द्रेको बाउ चन्द्रेले फिल्म बनाएपनि २०–२५ लाखको त टिकट किन्नै पर्छ। १०–१२ लाखको त हामीले पनि किनेकै हो अब टिकट काट्नु पनि मार्केटिंग प्लान हो।’
 

सोही फिल्ममा अभिनय गरेका प्रकाश सपूतको फिल्म ‘बसन्त’ गत साता रिलिज भएको थियो। उक्त फिल्मले ६ दिनमा अपेक्षित ब्यापार नगरेका बेला पौडेलको यस्तो भनाई आएको हो। 

नेपाली सिनेमा उद्योगमा शुक्रबारदेखि प्रतिक्षित रहेको फिल्म ‘पिताम्बर’ रिलिजको तयारीमा रहेको छ। यो फिल्म आएपछि सपूतको फिल्मलाई अझ धक्का लाग्ने अनुमान गरिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय