नेभिगेशन
पूर्वाधार

दुलेगौडा–हर्कपुर मार्ग ३१ बर्षपछि कालोपत्र

तनहुँ - तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा हर्कपुर मोटरमार्गअन्तर्गत बेसारेगौडा खण्डमा ट्रयाक खुलेको ३१ वर्षपछि कालोपत्र गर्न थालिएको छ । शुक्लागण्डकी नगरपालिकाले दुई करोड दुई लाख छुट्याएर सडक कालोपत्र गर्न थालेको हो ।

शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले पहिलो चरणमा आठ सय मिटर कालोपत्र र दुई सय मिटर ढलान गरिने जानकारी दिए। नगर क्षेत्रका सडक क्रमशः स्तरोन्नति गरिने उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप पूर्वाधार