नेभिगेशन
पूर्वाधार

हिलोले दाउन्नेमा राजमार्ग अवरूद्ध

नवलपरासी -पूर्वी नवलपरासीस्थित दाउन्नेमा राजमार्ग अवरूद्ध भएको छ । वर्षाका कारण बिहीबार बिहान ९ बजे त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वर्षापछि सडक हिलो र चिप्लो भएपछि सवारीसाधन आवतजावत गर्न कठिन भएको हो । सवारीसाधनहरू सडकमै रोकिएसँगै राजमार्ग अवरूद्ध बनेको छ । प्रहरीले राजमार्ग खुलाउने प्रयास गरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप पूर्वाधार