नेभिगेशन
राजनीति

त्रिवि उपकुलपति बरालको राजीनामा स्वीकृत

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। 

कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार राजीनामा स्वीकृत गरेका हुन्। 

उपकुलपति बरालले स्वास्थ्यको कारण देखाउँदै केही दिनअघि राजीनामा दिएका थिए।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले बिहीबार उपकुलपति बरालले दिएको राजीनामा स्वीकृत गरेका हुन्।

पोखराका बराल २०८० फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त भएका थिए। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति