नेभिगेशन
समाज विविध

देउवाले भने- शिक्षकका माग सम्बोधनमा काँग्रेस गम्भीर छ

काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकका माग सम्बोधनमा पार्टी गम्भीर रहेको बताएका छन् ।

आज बुढानीलकण्ठस्थित निवासमा पार्टी निकट शिक्षक संघका प्रतिनिधिहरूसँगको भेटमा देउवाले सो धारणा राखेका हुन् ।

देउवाले शिक्षा ऐन जारी गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल एमालेसँग आफूले निरन्तर छलफल गरिरहेको जिकिर समेत गरे ।

भेटमा नेपाल शिक्षक संघका सुदूरपश्चिम सभापति डिल्लीराज पन्तले सभापति देउवासँगको छलफल उत्साहजनक रहेको बताए ।

सो भेटघाटमा नेपाली काँग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरको पनि उपस्थिति थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध