नेभिगेशन
सुरक्षा–अपराध

दुर्गा प्रसाईं भारतको आसाममा पक्राउ, नेपाल ल्याउँदै प्रहरी

काठमाडौं– राजावादी आन्दोलनका कमान्डर तोकिएका व्यावसायी दुर्गा प्रसाईंलाई भारतको आसाममा पक्राउ गरिएको छ।

गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् ।

प्रहरी स्रोतका अनुसार उनी भारतको असाम राज्यबाट पक्राउ परेका हुन् ।

उनलाई पक्राउ गरेर प्रहरीको टोलीले नेपाल ल्याउँदैछ ।

तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए । त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो ।

यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध

लागुऔषधसहित १७ जना पक्राउ