नेभिगेशन
खेलकुद

वैशाख ५ गते नेपाल आउने भए कार्लोस

काठमाण्डौ – ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् ।

नेपाल सुपर लिग (एनएसएल) आयोजक नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट प्रालि (एनएसइएम) ले कार्लोस आउने पक्का भएको हिजो जानकारी दिएको हो।

एनएसइएमका प्रबन्ध निर्देशक श्रेयंश कार्कीकाअनुसार कार्लोस दुई दिने विशेष भ्रमणमा काठमाण्डौ आउने भएका हुन् ।

उनका अनुसार कार्लोस वैशाख ६ गते त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आयोजना हुने पहिलो क्वालिफायर खेलको प्रमुख अतिथि रहनेछन् । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय