नेभिगेशन
राजनीति

मेची पुलमा भिड बढेपछि दुर्गा प्रसाईँ ल्याउने रूट फेरियाे, झापा प्रहरी गलगलियातिर

विराटनगर - भारतबाट नेपाल ल्याइँदै गरेका दुर्गा प्रसाईँका आफन्त र शुभ चिन्तकको भिड मेची पुलमा भएपछि प्रहरीले अर्कै नाकबाट नेपाल ल्याउने तयारी गरेको छ ।

भारतीय प्रहरीको सहयोगमा आसाम क्षेत्रमा पक्राउ परेका प्रसाईँलाई गलगलिया नाकबाट नेपाल ल्याउने गरी रुट परिवर्तन भएको छ । गलगलिया नाका झापाको भद्रपुरसँग जोडिएको भारतीय सीमा हो ।

जिल्ला प्रहरी कार्यालय झापा श्रोतका अनुसार मेची पुलमा आफन्त र समर्थकको भिड बढेपछि उनलाई अर्कै नाकाबाट नेपाल छिराउने तयारी भएको छ ।

उनलाई लिन झापाका प्रहरी प्रमुख मिलन केसी गलगलिया हिँडेका छन् ।

प्रहरी श्रोतका अनुसार भारतीय प्रहरीबाट गलगलियामा प्रसाईँलाई हस्तान्तरण भएपछि चन्द्रगढी विमानस्थलबाट प्रसाईँलाई काठमाडौँ लगिने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति