नेभिगेशन
समाज विविध

बिहारमा आँधीबेहरी र चट्याङका कारण २५ जनाको मृत्यु

काठमाडौं - भारतको बिहारका धेरै जिल्लामा आँधीबेहरी र चट्याङका कारण २५ जनाको मृत्यु भएको छ । बिहार मुख्यमन्त्री कार्यालय (बिहार सीएमओ)द्वारा जारी विज्ञप्तिअनुसार नालन्दामा सबैभन्दा बढी १८ जनाको मृत्यु भएको छ ।नालंदा बाहेक सिवानमा २, कटिहार, दरभंगा, बेगुसराय, भागलपुर र जेहानाबादमा १–१ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

आँधीका कारण नालन्दा जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ १८ जनाले ज्यान गुमाएका छन् । यीमध्ये ६ जनाको मृत्यु केवल रूख ढलेर ज्यान गएको समाचारमा उल्लेख छ । मुख्यमन्त्री नीतीश कुमारले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति समवेदना व्यक्त गरेका छन् । मुख्यमन्त्रीले परिवारलाई प्रतिपरिवार ४ लाख रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेका छन् । मुख्यमन्त्रीले राज्य विपद् व्यवस्थापन विभागलाई राहत र उद्धार कार्यमा कुनै पनि ढिलाइ नगर्न निर्देशन दिएका छन् ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध