नेभिगेशन
अर्थ विविध

३९ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ - नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा ३ हजार ९ सय रुपैयाँले बढेर एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुन तोलामा एक लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप अर्थ विविध