नेभिगेशन
सुरक्षा–अपराध

देवर, देउरानी र नन्द मिलेर चुनकुमारीको हत्या गरेछन्! पति कोरियामा छन्

इटहरी– देवर, देउरानी र नन्द मिलेर धरान उपमहानगरपालिका–६ की चुनकुमारी बुढाथोकीको हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ।

धरान–६ पानवारीस्थित पाँच कन्या जङ्गलमा मृत भेटिएकी चुनकुमारी बुढाथोकी अर्धनग्न अवस्थामा मृत फेला परेकी थिइन्।

हत्यामा परिवारबाहेकका अन्य एक जनाको पनि संलग्नता रहेको खुलेको छ।

उनीहरूलाई प्रहरीले भाग्ने क्रममा बिहीबार राती झापा र मोरङबाट पक्राउ गरेको हो।

घटनामा अन्यको पनि संलग्नता हुन सक्ने आधारमा थप अनुसन्धान भइरहेको जनाइएको छ। 

प्रहरी स्रोतका अनुसार चुनकुमारीलाई फकाएर सो जङ्गल क्षेत्रमा पुराएर हत्या गरिएको अनुसन्धानबाट खुलेको छ। उनको घाँटी र शरीरका अन्य भागमा चोट देखिएको थियो। 

उनका श्रीमान प्रेमबहादुर बुढाथोकी वैदेशिक रोजगारीका लागि कोरियामा रहेको प्रहरीले जनाएको छ। धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं १ माइतीघर र वडा नं २ घर भएकी चुनकुमारी इटहरीको हलगडामा डेरामा बसेर छोरा पढाएर बस्ने गर्थिन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध

झडपले वीरगञ्ज तनावग्रस्त