नेभिगेशन
सुरक्षा–अपराध

अर्को आदेश नभएसम्म प्रहरी कर्मचारीका राजीनामा स्वीकृत नहुने, परिपत्रमा यस्तो ‘कन्डिस्नल’ राखियो

काठमाडौं– प्रहरी प्रधान कार्यालय नक्सालले अर्को आदेश नभएसम्म विशेषबाहेकका कारणबाहेक प्रहरी कर्मचारीको राजीनामा स्वीकृत नगर्नका लागि परिपत्र जारी गरेको छ।

प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महानिरीक्षकको सचिवालय, सबै विभाग, ब्युरो, नेपाल प्रहरी अस्पताल, काठमाडौं उपत्यका प्रहरी कार्यालय, सबै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालयलाई पत्राचार गर्दै अत्यावश्यक अवस्थामा बाहेक प्रहरी कर्मचारीहरूको राजीनामा स्वीकृत नगर्न आग्रह गरेको छ।

प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यले विहीबार परिपत्र जारी गरेका थिए। 

‘हालको अवस्थालाई मध्यनजर गरी अर्को आदेश नभएसम्म त्यहाँ तथा अन्तर्गतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीको अति आवश्यक अवस्थामा बाहेक नोकरी राजीनामा सिफारिस तथा स्वीकृत नगर्न हुन अनुरोध छ’, जारी परिपत्रमा भनिएको छ।

चैत १५ यता मुलुकमा हिंसात्मक आन्दोलन, विभिन्न प्रकारका प्रदर्शन जारी छन्। तिनमा सुरक्षाका लागि प्रहरी कर्मचारी आवश्यक हुने भएकाले तत्काल राजीनामा स्वीकृत नगरिने बताइन्छ। 

राजीनामाका लागि अति आवश्यक कारण (कन्डिस्नल) भने राखिएको छ। 

यस्तो छ परिपत्र
police-1-1744356911.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध

झडपले वीरगञ्ज तनावग्रस्त