टिठ लाग्न सक्छ। झन् नमिठो पनि लाग्ला। अमिलो, टर्रो सबै नमिठा स्वाद आउँन सक्छन्, कथित कार्यकर्तालाई। किनकी टिप्पणीकार सत्यलाई सतहमा ल्याउने उपक्रममा छ।
नेपाल प्रहरीद्वारा पक्राउ गरिएका विवादीत व्यावसायी दुर्गा प्रसाईं तिनका मुखले बनाएका बुवा र हजुरबाको पनि त वैचारिक तहलाई केलाएर बिस्कुन जो बनाउनु छ।
दुर्गा प्रसाईं कुनै बेला माओवादीका भयानक छोरा थिए। उनी पुष्पकमल दाहाल प्रचण्डलाई ‘बुवा’ भन्थे। यसको उदाहरण दिनका लागि ०७४ को निर्वाचनअघि र त्यस समयका दुई वटा सन्दर्भसहितलाई केलाउन आवश्यक हुन्छ।
चुनावअघि नेपालका बामपन्थी शक्ति एक बनाउने दुर्गा प्रसाईंको हुटहुटी थिएन। उनको आवश्यक थियो सम्बन्धन नपाएको बीएन्डसी मेडिकल कलेजलाई प्राधिकार अनि बढी से बढी सिटमा डाक्टर पढाउन पाउनुपर्ने अधिकार।
प्रसाईंसँगको पहिलो भेट इन्द्रेणी फूडल्यान्डमा भएको थियो। प्रचण्डका आफन्तसहितसँग (नाम खुलाउन बाध्यकारी लागेन)। त्यतिबेला प्रसाईं सम्बन्धन नपाएर तड्पिरहेका थिए। बीएन्डसीको सम्बन्धन लिनका लागि उनले प्रचण्ड परिवारलाई हदैसम्म गरेका हुन्। तर पाएनन्। यहाँसम्मकी ०७४ को निर्वाचनको बेला ओली र प्रचण्डलाई बीएन्डसीको संयुक्त उद्घाटन गर्न मात्र लगाएनन्, भक्तपुरको घरमा काँसको थालमा गाँस पनि खुवाए।
उनीहरुको सम्बन्धका बारेमा फेरि खुल्नुअघि प्रसाईं कति संकीर्ण सोच राख्दथे र पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीले त्यसबेला मौनता किन साँधे भन्ने विषयलाई यहाँ राख्नु न्यायीक हुनेछ।
मेडिकल कलेजले सम्बन्धन नपाएका बेला डा. गोविन्द केसीको आन्दोलनले व्यापकता पाएको थियो। त्यसबेला प्रचण्ड र ओली दबाबमा पनि थिए।
प्रसाईंले डा. केसीलाई संकिर्ण सोच राखेर कतिसम्म भन्न भ्याए? ‘मर्न नसकेको डाक्टर’सम्म भने। मौनता साँधेर प्रचण्ड र ओली प्रसाईंको भनाई सुनिमात्र रहेनन् भक्तपुरस्थित घरमा पुगेर मार्सी भात खान थाले।
त्यो सोचलाई त्यहिँ रोकेको भए आजका दिनमा प्रसाईंको हिम्मत यो तहमा र प्रचण्ड ओलीका निम्ति भस्मासुर शैलीका एक व्यक्तिको उदय हुने नै थिएन, यो सत्य हो।
यति मात्र होइन माओवादीको केन्द्रीय सदस्य, एमालेको केन्द्रीय सदस्यसहित उद्योग विभागको उपप्रमुखसम्मको जिम्मेवारी दिइएको थियो।
खैर, प्रचण्ड र ओलीले रोपेको विषबाट अमृत त फल्ने आशा लोकले गरेको थिएन, टिप्पणीकारले किन गर्दथ्यो र।
तर प्रचण्ड र ओली नै संकिर्ण भावका मनोवृत्ति भएका यस्ता पात्र हुन् जसको युगमा मुलुकले कहिले पनि शान्ति पाउने छैन भन्ने अब भरपूर विश्वास दिलाएको छ। किनकी एउटा प्रसाईंका बाबु, अर्का हजुरबा जो परे।
यिनीहरुले प्रसाईंसँग लिनुसम्म लाभ लिएका हुन्। यसमा सही र सत्य नै छ। तर उखुको डाँक्लो जस्तो चुसेपछि अहिले प्रसाईंलाई खोस्टो बनाउने संकिर्ण सोच भएकाले देशको सत्ता र प्रतिपक्ष हाँकेपछि भविष्य के होला? त्योचाहिँ सोचनीय र विचरणीय छ।
सङ्कीर्ण भावना भन्नाले मानिसको सोच, दृष्टिकोण र व्यवहार अत्यन्त सीमित, आत्मकेन्द्रित र असहिष्णु हुनु हो। यस्तो भावना भएका व्यक्ति प्रायः आफ्नो जात, धर्म, क्षेत्र, लिंग, भाषा वा विचारधारालाई मात्र ठिक ठान्छन् र अरूका विचार, संस्कार, वा पहिचानलाई स्वीकार गर्न सक्दैनन्।
विश्वव्यापीकरण र बहुसांस्कृतिक समाजमा यस्तो सोचले व्यक्तिगत विकास मात्र होइन, सामाजिक समरसता र राष्ट्रिय एकतालाई पनि गम्भीर असर पार्दछ।
सङ्कीर्ण भावना प्रायः अज्ञानता, असुरक्षा, पूर्वाग्रह, वा आत्मकेन्द्रित शिक्षाबाट उत्पन्न हुन्छ। जब व्यक्ति सानैदेखि एउटै ढाँचामा सोच्न सिकाइन्छ, जब उसले फरक विचार, धर्म वा संस्कृतिको सम्पर्कमा आउन पाउँदैन, तब उसको सोच सीमित बन्न जान्छ। यस्तो व्यक्तिले आफ्नो साँचो वा असाँचो विश्वासमा प्रश्न गर्न सक्दैन। जसले गर्दा सहिष्णुता, बहस, र विविधता स्वीकृत गर्ने क्षमताको अभाव हुन्छ।
सङ्कीर्ण भावना भएका मानिसहरू समाजमा द्वेष फैलाउँछन्। उनीहरूले जातीय, धार्मिक, भाषिक वा राजनीतिक ध्रुवीकरणलाई बढावा दिन्छन्। यस्ता भावनाले सामाजिक सद्भावमा खलल गर्छ र सहकार्यको वातावरणलाई नष्ट गर्छ।
व्यक्तिगत जीवनमा पनि यस्तो सोचले क्षति गर्दछ। सङ्कीर्ण सोच भएका मानिसहरू सहकर्मी, साथी वा परिवारसँग राम्रो सम्बन्ध कायम राख्न सक्दैनन्।
उनीहरू प्रायः आलोचना, असहमतिमा रिसाउँछन् र नयाँ कुरा सिक्न चाहँदैनन्। यसले उनीहरूको सामाजिक र व्यावसायिक विकास रोक्छ।
सकारात्मक परिवर्तनका लागि सबैभन्दा पहिले आफूभित्र रहेको सङ्कीर्णतालाई चिन्ने र स्वीकार्ने जरुरी हुन्छ। फरक विचार सुन्ने, बहसमा भाग लिने, नयाँ संस्कार, भाषा र जीवनशैलीबारे जान्ने बानीले हाम्रो सोचलाई फराकिलो बनाउन सक्छ। शिक्षा, साहित्य, कला, संगीत, यात्रा, र अन्तरसंवाद यस्ता उपायहरू हुन् जसले मानिसको सोच विस्तार गर्छ।
विद्यालय, परिवार र समाजले पनि खुला सोच, सहिष्णुता र विविधतामा गर्व गर्ने संस्कारको विकास गर्नुपर्छ। बालबालिकालाई सानो उमेरदेखि नै सबैप्रति समान व्यवहार गर्न सिकाउनु पर्दछ। राष्ट्रले पनि कानुन, नीति र कार्यक्रमहरू मार्फत विविधतालाई संरक्षण गर्दै सबैलाई समान अवसर दिनुपर्छ।
तर यो विविधतायुक्त समाजमा फरक विचारलाई प्रचण्ड र ओलीले स्वीकार गर्न सके त? प्रजातान्त्रिक मुल्य मान्यतामा त्यस्तो विचारलाई स्थान हुन सक्तैन भन्ने संकिर्ण सोचका यस्ता नेतृत्वका छोरा र नाती बनेका मानिस कसरी स्वच्छ छविका भएर निस्कन्छन् र?
अन्ततः, फराकिलो सोच भएको समाज मात्र समुन्नत, सुसंस्कृत र समावेशी हुन्छ। सङ्कीर्ण भावना त्यागेर सहिष्णुता, खुलापन र सम्मानमा आधारित समाज निर्माण गर्नु नै आवश्यकता हो।
प्रसाईंको गिरफ्तारी संकिर्ण सोचको परिणाम मात्र होइन सत्ता राजनीतिको फोहोरी खेल पनि हो। भलै उनको अगुवाईमा भएका अपराध भए तिनको छानबिन होला पनि।
दुर्गा प्रसाईंको शैली, भाषा र भाषणमा प्रश्न उठाउन सकिन्छ। तर प्रचण्ड र ओलीको जस्तो संकिर्ण भावना र भाव उनमा छ कि छैन भन्ने मापन हुन आवश्यक छ। यदि प्रसाईं संकिर्णताका सन्तान हुन् भने उनका बाबु प्रचण्ड र हजुरबा त ओली नै हुन्। यो, टिप्पणीकारले होइन– दुर्गा प्रसाईंले भनेको, लोकले देखेको दृश्य हो
तर यो नियोजित र फोहोरी सत्ता राजनीतिको एउटा पेचिलो उदाहरण मान्न टिप्पणीकारलाई कुनै आपत्ति छैन।
जब राजनीति सत्ता केन्द्रित बन्छ, तब यो एक फोहोरी खेल मा परिणत हुन्छ। जनताको हितभन्दा बढी नेताहरूको व्यक्तिगत स्वार्थ, पदको लिप्सा र शक्तिको लोभ हाबी हुन्छ। यथार्थमा धेरै देशहरूमा देखिने भ्रष्टाचार, षड्यन्त्र, गुटबन्दी र विश्वासघात सत्ता राजनीतिका तिनै कुरूप अनुहार हुन्, जसले राजनीतिलाई नै बदनाम बनाइरहेको छ।
सत्ता प्राप्तिको दौडमा नेताहरू मूल्य, नीति र नैतिकता बिर्सन थाल्छन्। जनताको मत लिने बेला मिठा भाषण, आश्वासन र सपनाहरू बाँडिन्छन्, तर एकपटक कुर्सीमा पुगेपछि ती वाचा झुट्टा सावित हुन्छन्। सत्ता जोगाउन र प्रतिपक्षलाई कमजोर पार्न कुनै पनि हदसम्म जाने, झूटो प्रचार, चरित्र हत्या, सरकारी संयन्त्रको दुरुपयोग, यहाँसम्म कि कानुनको मोलतोल समेत गरिन्छ।
राजनीतिक गुटहरू सत्तामा पुग्न जुनसुकै गठबन्धन गर्न तयार देखिन्छन्। यसबीचमा प्रचण्डले प्रयोग गरेकै हुन्।
सिद्धान्त वा विचारधारालाई होइन, संख्यालाई प्राथमिकता दिइन्छ। प्रचण्डले पहिला प्रयोग गरे अहिले ओलीले कांग्रेससँगको गठबन्धन बनाएर गरिरहेका छन्। सत्ता टिकाउन विधिको शासन होइन, ‘संख्याको खेल’ खेलिन्छ। संसद र सरकार नै दलहरूको बार्गेनिङ टेबलजस्तो देखिनु गम्भीर चिन्ताको विषय हो।
त्यसैगरी, प्रशासन, न्यायपालिका र सञ्चारजस्ता स्वतन्त्र संस्थाहरूलाई समेत सत्ता राजनीति प्रभावित पार्न खोज्छ। न्याय निर्णयभन्दा पनि राजनीतिक सन्तुलन हेरेर दिइन्छ भने, त्यसले लोकतन्त्रको जग नै कमजोर पार्छ। यस्तो अवस्थाले जनता निराश बन्छन् र राजनीति प्रतिको विश्वास हराउँछ।
सत्ता राजनीति फोहोरी बन्दा सबैभन्दा बढी पीडित जनताचाहिँ हुन्छन्। उनीहरूले पाउने विकास, सेवा, सुविधा सबै ढिलो, अपारदर्शी र पक्षपातपूर्ण हुन्छ। बाँच्नका लागि आवश्यक शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता कुराहरू पनि नेताहरूको सत्ता समीकरणमा निर्भर हुन थाल्छन्।
यो खेलको कोपभाजनमा पारेर रास्वपाका सभापति रवि लामिछानेलाई थुनियो, बालेनलाई कमजोर बनाइँदैछ, हर्कको हुर्मत लिने काममा पनि कोही कम छैनन्। फरक व्यवस्थाको विचार राख्ने पार्टीमाथि बन्देज, आन्दोलनमाथि दमन र त्यस्ता व्यवस्थाका प्रतीकका रुपमा रहेका पूर्वराष्ट्र प्रमुखलाई दोषी देखाउने कोशिश गर्नु अरु के हो र?
यो पनि पढ्नुहोस्