नेभिगेशन
समाज विविध

सरकार र शिक्षक महासंघबीच वार्ता जारी

काठमाडौ -सरकार र शिक्षक महासंघबीच वार्ता चलिरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकार र नेपाल शिक्षक महासंघका पदाधिकारीबीच वार्ता भइरहेको हो ।

बिहीबारको वार्ता सकारात्मक भएपछि शुक्रबार पनि दुवै पक्षले सहमतिको बिन्दु खोजिरहेका छन् । मन्त्रालय स्रोतका अनुसार आजको वार्तामा शिक्षामन्त्री विद्या भट्टराई सहभागी छैनन् ।

मन्त्री भट्टराई विद्यालय शिक्षा विधेयकमा दफावार छलफलमा भएकाले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीको नेतृत्वमा वार्ता बसिरहेको हो । शिक्षकको तर्फबाट महासंघ सहअध्यक्ष नानुमाया पराजुलीको टिम सहभागी छ ।

‘हिजो पनि छलफल भएको छ । सकारात्मक छ । आज पनि छलफल भइरहेको छ,’ शिक्षामन्त्रालय स्रोतले भन्यो । कानुन निर्माणबाहेक तत्काल शिक्षा मन्त्रालय र मन्त्रिपरिषद्बाट निर्णय गर्न सकिने विषयमा सरकार लचक भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध