नेभिगेशन
अर्थ विविध

विश्व बजारमा तेल सस्तिँदा आयल निगमलाई राहत, एक वर्षको नाफा ९ अर्ब ५५ करोड

काठमाडौं- विश्व बजारमा कच्चा तेलको मूल्य घट्दा नेपाल आयल निगमलाई राहत भएको छ। निगमले गत आर्थिक वर्ष २०८०/८१ मा ९ अर्ब ५५ करोड रुपैयाँ नाफा गरेको छ। विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य सस्तिँदा निगमलाई नाफा भएको हो।

निगमको शुक्रबार सम्पन्न ४३औं वार्षिक साधारणसभामा दिइएको जानकारी अनुसार निगमले आव २०८०/८१ मा ३ खर्ब ५६ अर्ब ७२ करोडको पेट्रोलियम पदार्थ आयात गरेको थियो। बिक्री ३ खर्ब ६४ अर्ब ५२ करोड बराबरको भएको थियो।

इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थ खरिद गरेर बिक्री वितरण गर्दै आएको छ। मुलुकमा विद्युतीय सवारीको प्रयोग बढ्दो रहे पनि अपेक्षाकृत रुपमा पेट्रोलियम पदार्थको खपत घटिसकेको छैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप अर्थ विविध