नेभिगेशन
राजनीति

कांग्रेस भित्रका प्रतिपक्षी

सरकारमा रहेर पनि पार्टीको आलोचना, प्रधानमन्त्रीदेखि मन्त्रीका गल्ती औंल्याउन कोइराला कुनै आइतबार पर्खिँदैनन्

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापतिको उम्मेदवारीमा दाबेदारी गरी जिल्लादेखि अनेक दौडाहामा रहेका नेता डा. शेखर कोइराला पार्टीभित्रका पनि प्रतिपक्षी हुन्। 

सरकारमा रहे पनि पार्टीका गलत कामको आलोचना, सरकारी निर्णयले ल्याउने जोखिमको बिरोधमा देखिन्छन् उनी। 

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा बचाऊमा भए पनि कोइराला आलोचना र गल्ती खुट्याउन कुनै आइतबार कुर्दैनन्।

कोइरालाले कांग्रेस सत्तामा भए पनि सरकारमा नभएको टिप्पणी गरिदिए।

वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले आफूले पटकपटक त्यसो भनेको पनि उल्लेख गरे।

पार्टी सभापति शेरबहादुर देउवाका अगाडि नै कोइरालाले अहिले सहकार्य भएको एमाले नै कांग्रेसको प्रतिस्पर्धी भएकोले सरकारलाई खबरदारी गर्नु पर्ने बताएका थिए।

यहाँसम्मकी उनले कतिपय कार्यक्रममा त कांग्रेस एमालेको पछि पछि लागेको बताएका छन्।

‘पटक–पटक भन्ने गरको छु। हामी सत्तामा छौं, सरकारमा छैनौं है । किनभने प्रतिस्पर्धी एमाले नै हो। एमालेसित सहर्काय गरेर अगाडि बढिराखेका छौं’, उनले भने।

उनले कांग्रेस–एमाले गठन हुँदा भएको संविधान संशोधनको विषयलाई पनि उठाइदिए।संविधान संशोधन गर्ने भन्ने कुरा सेलाएको बताउँदै उनले ढिला नगर्न सुझाव पनि दिएका थिए। 

कोइरालाले यसअघि रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले साँधेको प्रतिशोध रहेको बताएका थिए। ‘त्यसरी जानाजान दुख दिएको स्थिति छ, सरकारले त्यसो गर्न हुन्न’, कोइरालाले भनेका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति