नेभिगेशन
समाज विविध

बाढीले डाईभर्सन बगाउदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध

बुटवल- आज बुटवल नारायणगढ सडक खण्डको नवलपुरकाे दुम्किबासमा पर्ने विनयी खोलामा बनाइएको डाईभर्सन बाढीले बगाउदा सडक अवरुद्ध भएको छ ।

पहाडि क्षेत्रमा लगातार वर्षा पश्चात विनयी खोलामा आएको बाढीले डाईभर्सन बगाउदा सडक अवरुद्ध भएको हो ।

विनयी खोलामा रहेको डाईभर्सन बगाउदा सडक अवरुद्ध हुदा अहिले दुवै सवारी साधन सञ्चालनमा कठिनाई भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए ।

अत्यावश्यक सवारी साधनहरु होङ्सी गेट हुदै होङ्सी सिमेन्ट जाने बाटो हुदै द्म्किबास तर्फ पठाइएको र डाईभर्सन निर्माणमा पहल भैरहेको पनि प्रहरीले जनाएकाे छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध