नेभिगेशन
अर्थ विविध

लगातार बढ्दै गएकाे सुनमा लगानी गर्नु कति जोखिमपूर्ण ?

काठमाडौ - सुनको मूल्य लगातार बढ्दै गइरहेको छ । सुनको मूल्यरू अहिले रेकर्ड उच्च स्तरमा पुगिरहेको छ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य एक लाख ८५ हजार पुगेको छ । याे हालसम्मकै उच्च हो ।

अनिश्चित बजारको वर्तमान अवस्थामा व्यापारीहरू सुरक्षित लगानीको रूपमा लगातार सुन किनिरहेका छन् । सुनलाई परम्परागत रूपमा एक विश्वसनीय र स्थायी सम्पत्तिको रूपमा मानिन्छ जुन कठिन वा अस्थिर आर्थिक वातावरणमा उपयोगी हुन्छ ।

तर विश्वभरका बजारहरूको उतार-चढावपूर्ण वर्तमान अवस्थामा सुन साँच्चै सुरक्षित लगानी हो त ? अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च करको घोषणा गरेपछि विश्वका बजारहरूमा हलचल मच्चिएको छ । व्यापार नीतिहरूको दृष्टिकोणबाट यसलाई 'शताब्दीको परिवर्तन' भनिएको छ ।

अमेरिकी करको पछि विश्व बजारमा भएको उथल-पुथलले गत सातासम्म सुनको मूल्य ३१६७ डलर प्रति औंसको रेकर्ड स्तरमा पुगेको थियो ।

कर र व्यापार युद्धले विश्वभरमा चिन्ता पैदा गरेको छ जसले यस वर्ष सुनको मूल्यले धेरैपटक नयाँ रेकर्ड बनाएको छ । जब अर्थव्यवस्थामा अस्थिरताको अवस्था हुन्छ, सुनको मूल्यलाई पखेटा लाग्छ । वैश्विक अर्थव्यवस्थाको यस अनिश्चिततापूर्ण अवस्थामा आखिर को सुन किनिरहेका  छन् ?

बेलफास्ट विश्वविद्यालयका आर्थिक इतिहासकार डा. फिलिप फ्लायर्स भन्छन्, 'सरकारहरू, खुद्रा लगानीकर्ता वा साधारण लगानीकर्ताहरू सुन किनिरहेका छन् ।'

उनी भन्छन्, 'ठूलो संख्यामा मानिसहरू अब शेयर जस्ता इक्विटी उपकरणहरू छोडेर सुनमा लगानी गरिरहेका छन् । यही कारण हो कि सुनको मूल्यमा यति तीव्रता आएको छ ।'

वास्तवमा जब अन्तर्राष्ट्रिय वित्तीय बजारमा अनिश्चितताको वातावरण हुन्छ, लगानीकर्ताहरूको प्राकृतिक रुझान सुनमा लगानीतिर बढ्छ ।

CG GroupPrabhu
२०२० मा जब कोभिड महामारीको कारण अर्थव्यवस्थामा ठूलो गिरावट आएको थियो, सुनको मूल्यले तीव्र गतिमा आकाश छाेएको थियो । तर यस्तो अनिश्चितताले सुनको मूल्यलाई हानि पनि पुर्‍याउन सक्छ ।

जनवरी २०२० मा जब कोभिड महामारी फैलियो, सुनको मूल्य अचानक धेरै बढ्यो तर सोही वर्ष मार्चमा फेरि घट्न थाल्यो । डा. फ्लायर्स भन्छन्, 'सुरक्षित लगानीको मतलब यो होइन कि यसमा जोखिम छैन ।'

आर्थिक अनिश्चितताहरूको अवस्थामा सुनमा लगानीलाई सबैभन्दा राम्रो मानिन्छ किनभने यसको सधैं एक महत्व रहेको छ । इतिहासको हरेक युग र संस्कृतिमा यसलाई धेरै महत्व दिइएको छ । त्यसैले यसलाई सजिलै किनबेच गर्न सकिन्छ ।

प्राचीन मिस्रमा तूतनखामुनको सुनको मास्कदेखि घानाको असान्टेमा सुनको स्टूल र भारतको पद्मनाभन मन्दिरमा सुनको सिंहासनसम्म, सुनको ऐतिहासिक र सांस्कृतिक महत्वका उदाहरणहरू हुन् ।

त्यसैले धेरै मानिसहरूले सुनलाई सबैभन्दा विश्वसनीय सम्पत्तिको रूपमा मान्नु र जम्मा गर्नु आश्चर्यको कुरा होइन । वैश्विक बजारमा अवस्था परिवर्तन हुन्छन् तर सुनका वस्तुहरू र घरमा राखिएका गरगहना को महत्व कायम रहन्छ । तर यो पनि याद राख्नु पर्छ कि सुनमा कुनै पनि ठूलो लगानी वित्तीय बजारका ठूला खेलाडीहरूको दया र करुणामा निर्भर हुन्छ ।

यस बजारका ठूला खेलाडीहरूले जे गर्छन् त्यसको प्रभाव सुनको मूल्यहरूमा देखिन्छ । डा. फ्लायर्स भन्छन्, 'सुनको मूल्यहरूमा जुन तीव्रता देखिएको छ यो यिनै खेलाडीहरूको गतिविधिको परिणाम हो । मलाई लाग्छ कि सुनको मूल्य बढ्नुको कारण विश्वभरका केन्द्रीय बैंकहरूले धेरै तीव्र गतिमा यसमा किनबेच सुरू गरेका छन् ।' बजारको अनिश्चितताहरू हेर्दा केन्द्रीय बैंकहरू इक्विटी बजारमा आफ्नो लगानी घटाएर थोकमा सुन किन्छन् । उनीहरूको उद्देश्य आफ्नो सुनको रिजर्व बढाउनु हो ।

यस्तो अवस्थामा साधारण लगानीकर्ताहरूका लागि सुन किन्नु जोखिमपूर्ण हुन सक्छ । डा. फ्लायर्स भन्छन्, 'सुनको मूल्य जसरी लगातार बढिरहेको छ, त्यस्तो अवस्थामा यसमा दाउ लगाउनु जोखिमपूर्ण हुन सक्छ किनभने बजार स्थिर हुनासाथ र सरकारहरू सोच-विचार गरी निर्णय लिन थाल्छन्, मानिसहरू फेरि सुनमा लगानीबाट पछाडि हट्न थाल्छन् ।'

उनी भन्छन्, 'म भन्छु  सुनमा लगानी गर्नु छ भने लामो अवधिका लागि गर्नुहोस् ।' बीबीसीको सहयोगमा

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय