नेभिगेशन
सुरक्षा–अपराध

झडपले वीरगञ्ज तनावग्रस्त

वीरगञ्ज- दुई समयदायबीचको झडपले पर्साको वीरगञ्ज तनावग्रस्त बनेको छ ।

वीरगञ्ज महानगरपालिका–२ छपकैयामा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राको क्रममा तोडफोड र झडप भएको हो।

शोभायात्रामा अन्य समुदायका व्यक्तिहरुले ढुङ्गा हानेको भन्दै हिन्दू युवाहरु तोडफोडमा उत्रिएका हुन् । उनीहरुले मुस्लिम समुदायले सञ्चालन गरेको होटलमा समेत तोडफोड गरेका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन खोज्दा झडप भएको छ।

प्रहरीले लाठीचार्ज र अश्रुग्याँस हान्न थालेपछि अवस्था थप तनावग्रस्त बनेको छ । पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले छपकैयाको अवस्था तनावग्रस्त बनेको र स्थिति नियन्त्रणमा लिन प्रयास जारी राखेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध