नेभिगेशन
खेलकुद

गुजरातमाथि लखनउको शानदार जित

काठमाडौँ -लखनउ सुपर जाइन्टले गुजरात टाइटन्सलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा लखनउले गुजरातलाई ६ विकेटले पराजित गरेको हो 
गुजरातले दिएको १८१ रनको लक्ष्य पछाएको लखनउले १९.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

लखनउका लागि निकोलस पुरनले सर्बाधिक ६१ रन बनाए भने एडन मार्क्रमले ५८ रन बनाएका थिए । त्यस्तै आयुष बदानीले २८ र कप्तान ऋषव पन्तले २१ रन बनाएका थिए ।

त्यस्तै गुजरातका बलर प्रसिद्ध कृष्णले २ तथा राशिद खान र वाशिंगटन सुन्दरले एक एक विकेट लिएका थिए ।    यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै गुजरातले २० ओभरमा ६ विकेट गुमाउदै १८० रन बनाएको थियो ।

गुजरातका लागि कप्तान शुभमन गिलले सर्बाधिक ६० रन बनाए भने साइ सुदर्शनले ५६ रन बनाएका हुन् । त्यस्तै शेरफान रदरफोर्डले २२ र जोस बटलरले १६ रन बनाएका थिए । त्यस्तै लखनउका बलर श्रदुल ठाकुर र रवि विश्नोईले २-२ विकेट लिएका थिए भने दिग्भेश राठी र आभेष खानले एक एक विकेट लिए। 

यो जारी आइपिएलमा लखनउको चौथो जित हो । यो जितपछि ६ खेलमा ८ अंकसहित लखनउ तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै गुजरातको यो दोस्रो हार हो । ६ खेलमा गुजरातको ८ अंक रहेको छ र पहिलो स्थानबाट दोस्रो स्थानमा झरेको छ । 
     

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय