नेभिगेशन
विश्व

ट्रम्पले हटाए मोबाइल, कम्प्युटर र इलेक्ट्रोनिक वस्तुको शुल्क

काठमाडौं -अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्मार्ट फोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक वस्तुहरुमा शुल्क हटाएका छन् ।

अमेरिका आयात हुने वस्तुहरुमा शताब्दीकै सबैभन्दा बढी शुल्क लगाउने निर्णय गरेको केही दिनमै ट्रम्पको यो घोषणा सार्वजनिक भएको हो ।

अमेरिकाको कस्टम एण्ड बोर्डर पेट्रोल (सीबीपी)ले सूचना जारी गरी शुल्क छुट चीनबाट अमेरिका आयात हुने स्माटफोन र तिनका पार्टपूर्जासहितका इलेक्ट्रोनिक सामानमा समेत हुने जनाएको छ ।

यसअघि ट्रम्पले चीनबाट आयात हुने वस्तुमा १४५ प्रतिशत शुल्क लगाउने घोषणा गरेका थिए । साथै यसबाट व्यापार युद्ध हुने आशंका पनि गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप विश्व