नेभिगेशन
राजनीति

सरकार र शिक्षक महासंघबीच सहमतिको प्रयास जारी, आज अर्थ मन्त्रालयसँग छलफलको तयारी

काठमाडौं - शिक्षक–कर्मचारी मैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरी काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक र सरकारका प्रतिनिधिहरुबीच लगातार संवाद भइरहेको छ ।

शिक्षा मन्त्रालयका उच्च तहका कर्मचारी र शिक्षक महासंघका प्रतिनिधिबीच बिहीवारदेखि सुरु संवाद शनिबार साँझसम्म पनि जारी थियो । आज आइतबार पनि दुबै पक्षबीच संवाद हुने बताइएको छ ।

शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुली संवाद सकारात्मक भएको बताउँछिन् । शनिबारको छलफल पनि पराजुलीले भनिन्, ‘संवाद सकारात्मक छ तर निष्कर्षमा पुग्न सकिएन ।’

उनका अनुसार शिक्षकका मागबारे शिक्षा मन्त्रालयका अधिकारीहरुले मन्त्रिपरिषदबाट गर्न सक्ने निर्णयबारे ब्रिफिङ गर्दै आइतबार अर्थ मन्त्रालयसँग बसेर छलफल गर्ने र पुनः शिक्षक महासंघसँग छलफल गर्ने बताएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति