नेभिगेशन
राजनीति

०८२ मा नयाँ सरकार बन्ने प्रचण्डको उद्घोष, यसरी प्रधानमन्त्री बन्नेछन् देउवा!

काठमाडौं– हालको राजनीतिक परिस्थितिअनुसार नयाँ बर्षमा नयाँ सरकार बन्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संकेत गरेका छन्। 

उनको अर्थ एमाले प्रतिपक्षमा पुग्नेछ भन्ने रहेको छ। आइतबार चितवनमा नयाँ वर्षमा नयाँ सरकारको सम्भावनाबारे पत्रकारहरुले सोधेको प्रश्नमा प्रचण्डले भने, ‘परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ। त्यसकारण कुनै पनि सम्भावना छ।’

उनले वर्तमान सरकारप्रति जनआक्रोश बढेको र सरकारमा रहेका दलहरु पनि ‘झण्डै झण्डै सडकमा’ रहेको दाबी गर्दै भने, ‘नयाँ वर्षले केही न केही निकास चाहिँ लिएर आउँछ भन्ने मलाई लाग्छ ।’

यसबारे धेरै बोल्न नलगाउन आग्रह गर्दै प्रचण्डले भने, ‘पछिल्लोपटक घटनाक्रमहरु नयाँ भए। केही नयाँ अनुभव सहित भनेको हो मैले।’

नयाँ सरकार बने पनि त्यसको नेतृत्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने स्पष्ट छ। प्रचण्डले यसअघि नै चुनावअघि आफू प्रधानमन्त्रीको रेशमा नरहेको घोषणा गरेका छन्। 

एक अन्तरवार्तामा प्रचण्डले हालै मात्र भनेका थिए,‘माओवादी सरकारलाई समर्थन गरेर मात्र भए पनि कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री मान्न तयार छ। सरकारमा बस भने पनि नबस भने पनि हामी ओलीको विकल्प दिन तयार छौं।’

नयाँ सरकारका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेकको समीकरण बन्न सक्ने अवस्था छ। यसअघि बनेको कांग्रेस–एमाले समीकरणको ढाँचामा देउवा प्रधानमन्त्री बन्न सक्ने आधार समेत रहेको छ।

यसबेला देउवा प्रधानमन्त्री बने कांग्रेसको महाधिवेशन पनि तोकिएको मितिमा हुने भएकाले एक खाले खेमा त्यसमा सहमत हुन सक्ने माओवादीको विश्लेषण छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति