नेभिगेशन
राजनीति

वीरगन्जमा भएको झडप र तनावलाई रोक्न सर्वदलीय बैठक

 वीरगन्जमा शनिबार शोभायात्रालाई नगर परिक्रमा गर्ने क्रममा दुई समुह बीच भएको झडपपछीको तनावलाई रोक्न सर्वदलीय बैठक बसेको छ । जिल्ला प्रशासन कार्यालय पर्साको सभाकक्षमा अहिले स्थानीय राजनीति दलका नेता र स्थानीय प्रशासनबिच संयुक्त सर्वदलीय बैठक बसेको हो । 

बैठकमा सहभागीका अनुसार वीरगन्जको माहोल शान्त बनाउने बारेमा जिल्लाका राजनीति दलहरूकाे अगुवाइमा तनावलाई कसरी समाधान गर्न सकिन्छ भन्नेबारेमा रणनीति बनाउने छलफल भइरहेको छ ।

शनिबार अपरान्ह शोभायात्रा कार्यक्रममा दुई समूहबिच तनाव र झडपपछि वीरगन्जमा कर्फ्यु लगाइएको छ । विश्व हिन्दु परिषद् नेपाल, वीरगन्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा वीरगन्ज महानगरपालिका– २ श्रीराम हलस्थित जामा मस्जिदअगाडि पुग्दा झडपको अवस्था आएको थियो ।

हनुमान जयन्तीको शोभायात्रा नगर परिक्रमा गराउने क्रममा छपकैया चोकमा तनाव भएपछि प्रशासनले आइतबार १२ बजेसम्मका लागि कर्फ्यु जारी गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति