नेभिगेशन
अर्थ विविध

सुनको भाउ बढेर बनायो नयाँ कीर्तिमान, तोलाको १लाख ८६ हजार

काठमाडौं-  नयाँ वर्ष ०८२ सालको पूर्व सन्धयामा नेपाली बजारमा सुनको भाउ बढेर नयाँ कीर्तिमान बनाएको छ । आज (आइतबार) स्थानीय बजारमा सुनको भाउ बढेर हालसम्मकै उच्च विन्दूमा पुगेको हो । 

यसअघि सर्वाधिक एक लाख ८५ हजार रुपैयाँ पुगेको सुन आज एक हजार बढेर एक लाख ८६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार एक हजार ९०५ रुपैयाँ पुगेको चाँदी आज एक हजार ९६० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ । 
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय