नेभिगेशन
सुरक्षा–अपराध

३३ जना घाइते भएको वीरगञ्ज झडपमा कति चल्यो गोली? यसो भन्छन् सीडीओ

काठमाडौं– ३३ जना घाइते भएको पर्साको वीरगञ्जको दुई समुदायको झडपमा स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससहित दुई राउन्ड हवाई फायर गरेको सार्वजनिक भएको छ।

निषेधाज्ञाको अवधि थपिएको त्यहाँ स्थिति नियन्त्रणको प्रयासमा १४५ राउन्ड अश्रुग्याँस र २ राउन्ड हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालय पर्साले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

आइतबार वीरगञ्जमा पत्रकार सम्मेलनमा पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालले सो जानकारी दिएका हुन्। सो घटनामा ३३ जना घाइते भएको जानकारी पनि उनले दिए।

उनले भने, ‘२५ सुुरक्षाकर्मी र ८ जना प्रदर्शनकारी गरी ३३ जना घाइते हुनु भएको छ।’ उनले घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए।

कफ्र्यु आदेश उल्लंघन गर्नेहरु केहीलाई नियन्त्रणमा पनि लिइएको अर्यालले बताए।

दुई समुदायबीच शनिबार दिउँसो झडप भएपछि वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र साँझ ७ः३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्म कफ्र्यु लगाइएको थियो। 
पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कफ्र्यु लगाइएको अर्यालले बताए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ