नेभिगेशन
खेलकुद

उपाधि भिडन्तमा नेपाललाई १७५ रनको लक्ष्य 

काठमाडौं- नेपाललाई  रविजा सन्दारुवानको अर्धशतकसँगै कुवेतले चार देशीय टी २० अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मिसन रोड मैदानमा टस हारेर ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै  १७४ रनको योगफल तयार पार्यो ।

कुवेतका लागि सन्दारुवानले ३६ बलमा ६ चौका र चार छक्काको मद्दतले सर्वाधिक ६३ रनको योगदान गरे । क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मीत भवसरले १६  र कप्तान मोहम्मद अस्लमले अविजित १३ रन बनाए । 

तेस्रो विकेटका लागि सन्दारुवान र पटेलले ५६ रनको साझेदारी गरेका थिए ।  

नेपालका लागि नन्दन यादव र सोमपाल कामीले समान दुई तथा करण केसी र कुशल भुर्तेलले समान एक विकेट लिए । 

प्रतियोगितामा अपराजित  रहेको नेपाल ५ अंकसहित फाइनलमा पुगेको हो ।  नेपालले २ खेल जितेको थियो । आयोजक हङकङसँगको खेल वर्षाका कारण रद्द भयो।

नेपालसँग पराजित कुवेतले अन्य दुई टोलीलाई‌ पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद