नेभिगेशन
मनोरञ्जन

फिल्म हलमा क्यामरासँग दर्शक आतङ्कीत र आक्रोशित किन भए?

काठमाडौं– ‘तपाईहरूले क्यामरा ल्याउने यो सिस्टम एकदम गलत हो’, फिल्म हेरेर निस्किरहेका एक दर्शक भन्छन्,‘मान्छे रिभिल भैरहेको छ तपाईहरूको कारणले।’

दर्शक यतिमा चुप लाग्दैनन्। पत्रकार सोधिरहेका छन्,‘कस्तो लाग्यो तपाईलाई फिल्म?’

दर्शक आक्रोशित मुद्रामा भन्छन्,‘तपाई चुप लाग्नुस्। चुप लाग्नुस् तपाई।’

फिल्मको रिभ्युका नाममा हलबाहिर क्यामेरा तेर्साएर बसेका फिल्म पत्रकार झन्डै पिटिएको अवस्था कसरी भयो? किन यस्तो हुन्छ?

फिल्मको रिभ्यु लिन पुगेका पत्रकारले अनुमति बिना भिडिओ खिच्दा यो अवस्था आएको हो। 

पत्रकारिताको सामान्य सिद्धान्त र नियम के हो भने कसैको अनुमतिबिना क्यामेरमा भिडिओ वा फोटो कैद गर्न पाइन्न। सायद ति दर्शक यसैबाट प्रताडित भएका थिए र आक्रोशित भए। 

धेरै मानिसहरू आफ्नो निजी जीवन वा अनुहार बिना अनुमति सार्वजनिक गरिनु सस्तो महसुस गर्छन्। भिडिओ खिच्दा उनीहरूको व्यक्तिगत स्पेसमा हस्तक्षेप भएको जस्तो लाग्छ।

कसैले अनुमति नलिएर भिडियो खिचेमा, त्यो व्यक्तिलाई आफ्नो छवि र व्यवहारमाथि नियन्त्रण छैन भन्ने महसुस हुन्छ। यो असजिलो र अपमानजनक पनि लाग्न सक्छ।

अनुमति बिना खिचिएको भिडिओ गलत सन्दर्भमा प्रयोग हुनसक्छ, ट्रोलिंग, मेम बनाउने, वा गलत सन्देश दिन प्रयोग हुन सक्छ भन्ने डर हुन्छ।

धेरै सांस्कृतिक वा सामाजिक परिवेशमा अरूको अनुमति नलिई तस्बिर वा भिडिओ खिच्नु असभ्य वा अपमानजनक मानिन्छ।

कतिपय स्थानमा बिना अनुमति भिडिओ खिच्नु कानुनी रूपमा अपराध पनि हुन सक्छ। यस्तो कार्यले व्यक्तिको कानुनी अधिकारमाथि चोट गर्छ।

यसैकारण ति दर्शकले भनेको हुनुपर्छ,‘तपाईको क्यामेराका कारण मानिस रिभिल भैरहेको छ।’ पत्रकारले यस्ता विषयमा गाम्भिर्यता नअपनाउँदा असुरक्षित हुने सम्भावना रहन्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय