नेभिगेशन
सुरक्षा–अपराध

म्यानमारबाट फर्किएको सेनाको टोलीलाई जंगी अड्डामा सम्मान

काठमाडौँ- म्यानमारमा विनाशकारी भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारका लागि खटिई स्वदेश फर्किएको नेपाली सेनाको टोलीलाई सम्मान गरिएको छ ।

नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक तथा अन्य दर्जा २३ जनालाई प्रधानसेनापति अशोक राज सिग्देलले आइतबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति प्रशंसा निसानद्वारा सम्मान गरेका छन् ।

म्यानमारमा गएको विनाशकारी भूकम्पमा घाइते भएकाहरूलाई तत्काल स्वास्थ्य उपचार प्रदान गर्नका लागि नेपाल सरकारको निर्णय बमोजिम नेपाली सेनाको चिकित्सकीय, बन्दोबस्ती सहायता र क्रु मेम्बरसहितको टोली चैत २० गते म्यानमार प्रस्थान गरेको थियो । यो टोली चैत २९ गते स्वदेश फिर्ता भएको थियो ।

शल्यक्रिया विशेषज्ञ, हाड जोर्नी विशेषज्ञ, मेडिकल अधिकृत, नर्स तथा प्यारामेडिकसहित खटिएको टोलीले म्यानमारको म्याण्डलेस्थित यामथिन शहरमा स्वास्थ्य शिविर स्थापना गरी १३३ जनाको शल्यक्रिया, २४८ जनाको हाड जोर्नी सम्बन्धी उपचार र ९६५ जना बिरामीलाई ओपिडी सेवा प्रदान गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध