नेभिगेशन
राजनीति

राजसंस्था नै राजनीतिको मूलधार रहेको बताउँदै ज्ञानेन्द्रले दिएको अर्को सनसनी सम्बोधन

काठमाडौं– राजावादी आन्दोलनका क्रममा गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको मानवीय क्षतिसहितको विषयलाई सम्बोधन गर्दै ज्ञानेन्द्र शाहको नयाँ सनसनी बयान सार्वजनिक भएको छ।

नेपाली नयाँ बर्ष २०८२ को शुभकामना सन्देशका साथमा उनले तीनकुनेमा भएको २ जनाको ज्यान जानेगरीको घटनाप्रति दुख व्यक्त गर्दै केही राजनीतिक सन्देश दिएका छन्। 

पत्रकार सुरेज रजक र सविन महर्जनको निधनप्रति दुख व्यक्त गरेका उनले वडामहाराजधिराज पृथ्वी नारायण शाहले आर्जित गरेको मुलुकमा संवैधानिक राजसंस्था नै राजनीतिको मूलधार हुने समेत बताएका छन्। 

उनले भनेका छन्,‘जनताको बोल्न पाउने अधिकार, मत राख्न पाउने अधिकार सर्वथा कायम रहनुपर्छ।’

ज्ञानेन्द्रले सांकेतिक रुपमा भनेका छन्,‘नेपालको राजनीतिको मूलधार नै संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र हो।’

यस्तो छ उनको सन्देश

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति

के सरकार परिवर्तन हुँदैछ?